Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

प्रचण्डले करोडौं पर्ने सरकारी प्राडो फिर्ता गरे





७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चढ्दै करोडौं मूल्य पर्ने सरकारी गाडी फिर्ता गर्नु भएको छ ।
शनिबार पार्टीको विस्तारित बैठकमा सरकारले दिएको महंगो गाडी नचढ्ने र लाजिम्पाटस्थित निबासमा नबस्ने घोषणा गरेका प्रचण्डले आइतबार गाडी फिर्ता गर्नु भएको हो । उहाँका सहयोगी शिव खकुरेलले प्रचण्डले चढ्दै गएको बा ६ च १०२९ नम्बरको सेतो प्राण्डो प्रधानमन्त्रीको कार्यालयमा पुर्‍याउनु भएको छ ।
प्रचण्डले अहिले पार्टीको मे १ च १६७३ नम्बरको गाडी प्रयोग गर्नु भएको छ । खकुरेलका अनुसार अब माओवादी अध्यक्ष प्रचण्डले सरकारले पूर्व प्रधानमन्त्रीहरुलाई उपलब्ध गराउने सुविधा मात्र उपयोग गर्नु हुनेछ ।
सरकारले हालै मात्र पूर्व राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई आबासगृह लगायतका सुविधा दिने निर्णय गरेको थियो ।

No comments:

Post a Comment