Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

गेष्टहाउसमा यौनक्रिडामा लिप्त ९ जोडी पक्राउ, अधिकांश विद्यार्थी

ekhoji.com share

काठमाडौंका बिभिन्न गेष्ट हाउसमा यौनक्रिडामा लिप्त भइरहेको अवस्थामा प्रहरीले ९ जोडी युवा युवतिलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका स्वागतम गेष्ट हाउस, श्री गेष्ट हाउस, सगरमाथा गेष्ट हाउस, नासिका गेष्ट हाउस, झरना गेष्ट हाउस र त्रिवेणी गेष्ट हाउसबाट १८ जना युवायुवतीलाई पक्रेको हो ।

सामुदायीक प्रहरी तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोशाकमा खटिएका प्रहरीले यौनधन्दा गरिरहेका ९ जोडी केटाकेटीलाई पक्राउ गरेको हो । प्रहरीले मंगलवार दिउसो ३ बजे देखी ४ बजेसम्म काठमाडौं महानगरपालिका वडा नम्वर ३१ बागबजार क्षेत्रमा रहेका गेष्ट हाउसमा छापा मारेर गेष्ट हाउस सञ्चालक र यौन क्रियाकलाप गरिरहेका ९ जोडी केटाकेटीलाई आपत्तीजनक अवस्थामा पक्रेको हो ।

प्रहरीले स्वागतम गेस्ट हाउसका मेनेजर राकेश बस्नेत, श्री गेस्ट हाउसका मेनेजर सबिन लामा, सगरमाथा गेस्ट हाउसका संचालक गोपाल कार्की, नासिका गेस्ट हाउसका संचालक अमृत धामी, झरना गेस्ट हाउसका संचालक कृष्ण बहादुर सापकोटा र त्रिवेणी गेस्ट हाउसका संचालक बिष्णु बस्नेतलाई समेत पक्रेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश विद्यार्थि भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले छापा मार्नेक्रममा यौन क्रिडामा लिप्त जोडीबिच भागाभाग र रुवाबासी चलेको थियो ।
कतिले आफुहरु श्रीमान श्रीमती भएको भन्दै छाडिदिन बिन्ति गर्दै थिए भने कति रुंदै एकपटकलाई छाडिदिन हात जोडि रहेका थिए । तर प्रहरीले अवस्था हेरेर मात्र नाम र फोटो सार्वजनिक गनुपर्ने भन्दै फोटो खिच्न भने दिएन ।
१० साउन, काठमाण्डौ

No comments:

Post a Comment