Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

तनाव घटाउन सेक्स उपयुक्त माध्यमSex: tension free matter





कुनैपनि मानिसलाई तनाव भएको बेला तथा समय परिस्थिति प्रतिकुल रहेको बेला खासै जाँगर चल्दैन । त्यसैले सेक्सको मामिलामा पनि प्रतिकुल परिस्थितिले नकारात्मक असर पार्छ र समय प्रतिकुल हुँदा मान्छे सेक्स गर्न खासै उत्सुक हुँदैन भन्ने हाम्रो सहज अड्कल हुनसक्छ । तर यस्तो अड्कल गलत सावित भएको छ । एक अध्ययनले समय जति प्रतिकुल बन्यो पुरुषहरु सेक्सको मामिलामा उति नै बढि सक्रिय हुन्छन् । अर्थात् प्रतिकुल परिस्थितिमा पुरुषहरुले सामान्य अवस्थामा भन्दा बढि यौनसम्पर्क कायम गर्छन् ।
अध्ययन अनुसार जब परिस्थिति अनुकुल हुन्छ र पुरषको दिमागमा कुनै तनाव हुँदैन तब ऊ सेक्समा भन्दा पनि घरपरिवारसँग रमाइलो गर्ने तथा बच्चाबच्ची र साथीभाइलाई समेत समय दिने कुरामा केन्दि्रत हुन्छ । तर जब परिस्थित बिग्रन्छ र तनाब थपिन्छ तब पुरुषको सेक्सप्रतिको रुचि ह्वात्तै बढ्छ र ऊ बढि भन्दा बढि यौनसम्बन्ध कायम गर्न चाहन्छ ।
अमेरिकाको कन्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार कुनै पुरुषले आफ्नो मृत्यु नजिक छ भन्ने थाहा पायो भने ऊ मृत्युअघि अधिकतम यौनसम्पर्क गर्न तथा बढि भन्दा बढि बच्चा पैदा गर्न चाहन्छ । यसरी प्रतिकुल परिस्थितिमा यौनको विषयमा पुरुषहरु बढि सक्रिय हुनुको मुख्य कारण मानसिक तनाव हटाउने तथा प्रतिकुल परिस्थितिबाट मुक्त हुने अल्पकालिक उपायको रुपमा यौन आनन्दलाई उपयोग गर्ने रहेको शोधकर्ताहरुको ठम्याइ छ ।

No comments:

Post a Comment