Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

अब ४० नाघेका अण्टीहरुले मात्र मोबाइल बोक्न पाउने





भारतको एक गाउँका पञ्च भलाद्मीहरुले महिलाहरुको हकमा केही अनौठा नियम तोकिदिएका छन् । उत्तरप्रदेशको बागपत जिल्ला स्थित आसरा गाउँ पञ्चायतको हालैको बैठकले महिलामाथि हुने दुव्र्यवहार तथा गिद्धेदृष्टि रोक्न भन्दै अनौठो नियम बनाएको हो ।
पञ्चायत बैठकले एक कडा नियम जारी गर्दै अबदेखि गाउँका ४० वर्षसम्मका कुनैपनि महिला बजार जान तथा घुमफिर गर्न घरबाहिर निस्कन नपाउने निर्णय गरेको छ ।
अब गाउँभन्दा बाहिरका कुनैपनि बजारमा ४० वर्षभन्दा कम उमेरका महिला जान पाउनेछैनन् । साथै अब ती महिलाहरुले मोबाइल फोन समेत बोक्न नपाउने भएका छन् ।
केही मुस्लिम समुदायका प्रतिनिधि समेत सम्मिलित पञ्चभलाद्मीको बैठकले यो नियम उल्लंघन गर्ने महिलालाई कडा सजायँ गरिने निर्णय समेत गरेको छ ।


No comments:

Post a Comment