Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नम्रता श्रेष्ठ दुर्व्यसनमा !



नायिका नम्रता श्रेष्ठ दुर्व्यसनमा फसेकी छिन् । रियल होइन रिल लाइफको कुरा हो यो । ब्लुज रक व्यान्ड सावनदेव एन्ड द व्ल्याक हकको एक गीतका लागि नम्रता दुव्र्यसनी वनेकी हुन् ।

व्यान्डले पछिल्लो पटक सार्वजनिक गरेको एल्वममा रहेको गीत ‘रुने गर्छु आमा’ मा नम्रतालाई दुर्व्यसनमा फसेको देखाइएको छ । आमाको वियोगपछि कुलतमा फसेकी विवस छोरीको रुपमा नम्रताले जीवन्त अभिनय गरेकी छिन् । एल्वममा ब्लुज र पप रक शैलीका ११ गीत समावेश छन् ।

शीर्ष गीत एक विश्वास सहित रुने गर्छु आमा, रक्सीको जातै यस्तै गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । एल्वमको चारवटा गीत जर्मनका रेकडिष्ट स्टिबले रेकर्डिङ गरेका हुन् । यसमा शव्द/संगीत/स्वर सावनदेव श्रेष्ठको रहेको छ । सावनदेव नेपाल प्रहरीको सिम्फोनिक अर्केष्टा ब्यान्डमा पनि आवद्ध गायक हुन् । समूह अन्र्तगत ड्रममा उमेश श्रेष्ठ, रिदम गितार र भोकलमा गौतम तण्डुकार, वास गितारमा सुरेश महर्जन छन् ।

उमेश केजेन म्युजिक एकेडेमीका संस्थापक हुन् भने सुरेश ललितकला क्याम्पसमा संगीतमा स्नातक गर्दैछन् । गौतम गितार प्रशिक्षकका रुपमा कार्यरत छन् । ब्यान्डले यसअघि दुईवटा एल्वम सार्वजनिक गरिसकेको छ, मिड नाइट र सिक्स स्टि्रङ्स शीर्षकमा ।

काठमाडौंको दशरथ रंगशाला, जावलाखेल, टुडिँखेल, लूभु लगायतमा व्यान्डले कन्र्सट गरिसकेको छ । सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रमा पनि थुप्रै पटक कन्सर्ट गरिसकेको छ । यही सेप्टेम्वरमा फ्रान्समा कन्सर्टको तयारीमा लागेको छ ब्याण्ड ।

No comments:

Post a Comment