Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नांगै भएर सलाम ठोक्दा ट्राफिक जाम (फोटो फिचर सहित)

ekhoji.com share



सडकमा दुर्घटना भएर ट्राफिक जाम हुनु सामान्य कुरो हो । तर चीनमा भने एक अनौठो घटनाका कारण हालै एक सहरको सडकमा ट्राफिक ठप्प हुन पुग्यो । एक जना नांगा मान्छेले बिच सडकमा उभिएर गाडिलाई रोक्ने, सलाम ठोक्ने तथा गाडिमाथि नै चढेर चुम्बन गर्ने गर्न थालेपछि यात्रुहरु अचम्ममा मात्र परेनन् निकै व्यस्त समयमा लामो समयसम्म ट्राफिक जाम हुनपुग्यो ।
चिनको हेफेइ सहरको सडकमा यस्तो घटना भएको हो । सुरुमा कट्टुमात्र लगाएका ती अधवैशे पुरुषले सडकको बिचमा आएर एक्कासी एक कारमा चढे र त्यस कारको अगाडिको सिसा चाट्न थाले । उनले त्यसपछि लगाएको कट्टु समेत काढेर नांगै भए र कारमा गाडिमा चढ्ने, सिसामा चाट्ने, सडकमा सुत्ने जस्ता काम गर्नथाले । उनले एकजना महिलाले हाँकेको कारको अगाडिपट्टी चढेर ती महिला चालकलाई जिस्काउन समेत थाले ।
केही बेरपछि त्यहाँ प्रहरी आयो । तर उनी भाग्नुको साटो उल्टै गाडिभित्र रहेका प्रहरीहरुलाई सलाम गरे र त्यहीँ नाच्न थाले । पछि प्रहरीले उनलाई बल्लतल्ल समात्यो र लग्यो । ती मान्छे को हुन् र किन त्यसो गरे भन्ने कुराको भेउ पाउन कसैले सकेन । ती नांगाको विचित्र कार्यले यात्रु, गाडि चालक तथा पैदलयात्री लगायत त्यहाँ उपस्थित सबै छक्क परे ।






ekhoji.com share

No comments:

Post a Comment