Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

राक्षसको लासले न्युयोर्कमा हल्लीखल्ली (फोटो फिचरसहित)

ekhoji.com share


अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमुनि लडिरहेको एक लासका कारण हालै त्यहाँ ठूलै हंगामा भयो । उक्त लास सुँगुरको भएको सरकारी अधिकारीहरुले दाबी गरेपनि सर्वसाधारण तथा कतिपय जनावरविद्हरुको चित्त बुझेन । उनीहरुले त्यो लास नदिको राक्षस भएको जिकिर गरे ।

फोटोग्राफर डेनाइज गिन्लेले आइतबार कुहिन थालेको, बालुवाले ढाकिएको उक्त सुँगुर जस्तै जनावरको लासको फोटो पहिलोपटक खिचेकी थिइन् । बजार जाने क्रममा पुलमुनि अनौठो जनावर मरिरहेको देखेपछि ब्वायफ्रेन्डसँग हिँडिरहेकी उनले उक्त जनावरको नजिकै गएर समेत केही फोटो खिचिन् । त्यसपछि उनले उक्त फोटो साथीभाइलाई देखाइन् र स्थानीय एक पत्रिकामा समेत छपाइन् । त्यसपछि उक्त जनावरको बारेमा निकै हल्लीखल्ली भयो ।

यो जनावर के हो ? भन्ने बारेमा ठूलै हल्लीखल्ली भएपछि स्थानीय पार्कका अधिकारीहरु उक्त लास सुँगुरको भएको र पार्कले नै उक्त लास त्यहाँ फालेको बताएर स्पष्टीकरण दिए । तर उक्त जनावरको लामो पुच्छर तथा खुर नभएका खुट्टा भएको हुँदा त्यो सँगुर नभएको मानिसहरुले जिकिर गर्न थाले ।

पार्क व्यवस्थापनले उक्त जनावरको लासलाई नष्ट गरिसकेको छ तरपनि यो जनावर के हो भन्नेबारेमा भने अझै यथार्थ जानकारी हुन सकेको छैन । कतिपय वन्यजन्तुबिद्‌हरुले उक्त जनावर सुँगुर नभएर र्याकुन वा मुसा जातको ठूलो जन्तु भएको अड्कल काटेका छन् ।

यो जनावरको खास जात खुल्न नसकेपछि यो पानी राक्षण वा रिभर मोनस्टर भएको निष्कर्ष सर्वसाधारणले निकाले ।







No comments:

Post a Comment