Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पत्नीको निद्रा र सुखद वैवाहिक जीवन


श्रीमतीलाई निद्रा सम्बन्धी समस्या भए वैवाहिक जीवन प्रभावित हुन सक्छ । अमेरिकाको युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार, जुन दिन बिहान श्रीमती राति मस्तले नसुती उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पतीबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिँ राम्ररी निदाउन नपाई उठेको भए पनि यस्तो समस्या देखिँदैन ।
श्रीमतीलाई निद्रा नआउने समस्याले अर्को दिन श्रीमान्का लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने, यदि कुनै पनि महिलाले बेडमा आपmना पति वा पार्टनरको उपस्थिति निरन्तर पाउने गरे तिनलाई निद्रा पनि मीठो लाग्ने गर्छ ।
तर एसोसिएटेड प्रोफेसनल स्लिप सोसाइटीमा प्रस्तुत नयाँ अनुसन्धानमा प्रा. बेन्डी ट्रोक्सेलले सुत्ने समय र दिनहँुको वैवाहिक जीवनबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेका छन् । ट्रोक्सेल नेतृत्वको समूहले राम्रो वैवाहिक जीवन व्यतीत गरिरहेका र विगतमा कुनै शारीरिक र मानसिक समस्या नभएका ३५ दम्पतीमा यसबारे अध्ययन गर्‍यो ।
एक्टिग्राफ उपकरणले ती दम्पतीहरूको १० रातको गतिविधिको आकलन गरियो । कति जनाको अर्को दिन सकारात्मक र कति जनाको नकारात्मक रह्यो भन्ने जान्न त्यो परीक्षण गरिएको थियो । अध्ययन अनुसार, जुन महिला राम्ररी निदाउन सकेका थिएनन्, अर्को दिन उनीहरूले पतिसँगको सम्बन्धमा समस्या उब्जेको बताएका थिए ।
भरपूर निदाए पढाइ राम्रो स्कुलमा राम्रो प्रदर्शन सुनिश्चित गर्न बालबालिकालाई गहिरो निद्रा आवश्यक छ । चीनको संघाईमा भएको अध्ययन अनुसार, कम सुत्ने बालबालिकाले राम्ररी सुत्ने बालबालिकाको दाँजोमा पढाइमा नराम्रो गर्ने गरेका छन् ।
संघाई बाल चिकित्सा केन्द्रका चिकित्सकहरूले गरेको यो अध्ययन अन्तर्गत स्थानीय १० स्कुलका बालबालिकालाई सामेल गरिएको थियो । उनीहरूलाई दुई समूहमा बाँडियो । एउटा समूहलाई नौ घन्टा र अर्को समूहलाई १० घन्टा सुत्न समय छुट्टयाइयो । अनुसन्धान अनुसार, कम सुत्ने समूहका विद्यार्थीहरूले तर्क क्षमता, स्मरणशक्ति, एकाग्रता सहित सबै आठवटा श्रेणीमा कम अंक प्राप्त गरे ।
अध्ययनकर्ता जियाङ फ्यान भन्छन्, 'सुत्ने समयले बालबालिकामा व्यापक असर पार्छ । प्राथमिक स्कुलका बालबालिकाले दिनहुँ १० घन्टा र माध्यमिक स्कुलकाले दिनहँु ९ घन्टा सुत्नु आवश्यक छ ।'
धेरैजसो बालबालिकाले अध्ययनको दबाब, अभिभावकको उदासिनतासँगै सुत्ने नराम्रो बानीले गर्दा आवश्यकताभन्दा कम निद्रा लिने गरेको उक्त अध्ययनमा उल्लेख छ । २० देखि ३० प्रतिशत बालबालिकामा सुत्ने समस्याले गर्दा वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, मोटाइ जस्ता रोगको जोखिम बढ्छ ।

No comments:

Post a Comment