Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

रिस उठेपछि अन्तरजातीय विवाह गरेको छोराको जिउँदै काजकिरिया



तपाई कोहि कसैसंग रिस उठ्यो भने के गर्नुहुन्छ । अझ आफ्नै परिवार वा नाता गोताका मान्छेसंग रिस उठ्यो भने के गर्नुहुन्छ । सायद नबोल्ने, सम्वन्ध तोड्ने अलि बढी नै भए केही मारमुंग्री नै चल्ला । तर पांचथरमा एक बाबुले छोराले परिवारको ईच्छा विपरीत अन्तरजातीय विवाह गरेको भन्दै काजकिरिया नै गरेका छन ।

लुम्फाबुङ-१ पाँचथरका जितबहादुर राईले जेठा छोरा भवेन्द्रको जिउँदै किरिया गरेका हुन । भवेन्द्रले सोही गाउँकी बद्रिका शंकरसँग गत जेठ २१ गते प्रेम विवाह गरेका थिए । विवाहकै कारणले उनको परिवारले भवेन्द्रको मृत्युपछिको संस्कार �निसुई� गरिदिएको हो ।

नव विवाहित दम्पती घरबाट विस्थापित भएर सदरमुकाम फिदिम बजारमा बसोबास गर्दै आएका छन् । सोचविचारका साथ नै अन्तरजातिय विवाह गरेको भएपनि परिवारले नबुझेको माओवादी कार्यकर्ता समेत रहेका भवेन्द्रको भनाई छ ।

No comments:

Post a Comment