Follow @EkhojiNepal |
विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।
अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार विगो र त्यति नै जरिवानाको फैसला सुनाएको हो । जोशीको मुद्धामा वादी तथाप्रतिवादी दुबै पक्षको बहस ६ गते सकिएपछि फैसलाको मिति बुधबारलाई ताकिएको थियो ।
हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चअदालतले सुनुवाई गर्न विशेष अदालत पठाएको थियो । विशेषका तत्कालिन अध्यक्ष भूपध्याजअधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ सालकार्तिक ३० गते हदम्यादको कारण देखाउँदै जोशी विरुद्धकोमुद्धा खारेज गरेको थियो ।
तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदकेा दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल माघमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
१० साउन, काठमाडौं ।
No comments:
Post a Comment