Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

चर्चमा गोविन्द र झरनाको रोमान्स (भिडियो)



साउनको १८ गतेबाट रिलीजमा आउन लागेको चलचित्र संसार आफ्नैको खोई कहाँ हो कहाँ वोलको गीतको पि्रमीयर भएको छ । यो गीतको वर्ल्ड पि्रमीयर अनलाइनखवर डटकम मार्फत गरिएको हो । गोविन्द शाही र झरना थापाले अभिनय गरेको यो गीतको छायांकन ह्वाईट गुम्बा र ललितपुरको एक चर्चमा गरीएको छ ।
यो चर्चमा केही वर्ष अघि विष्फोट समेत भएको थियो । अन्जु पन्त र दिपक लिम्वुको आवाज रहेको गीतको कोरीयोग्राफी कविराज गहतराजले गरेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको खोई कहाँ हो कहाँ वोलको गीतलाई निर्देशक मदन घिमिरेले लेखेका हुन् । गीतको छायांकन युवराज राईले गरेका हुन् । चलचित्रको यो गीतले सिनेमाको व्यापारमा ठूलो सहयोग पुर्याउने निर्माणपक्षको आशा रहेको छ ।

No comments:

Post a Comment