Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ओरल सेक्स (मुख मैथुन)ले क्यान्सर हुन सक्छ

ekhoji.com share

मुखमा क्यान्सरको एउटा ठूलो कारण मुख मैथुन (ओरल सेक्स) समेत हो । अमेरिकामा ओरल सेक्सप्रति बढ्दो आकर्षणका कारण अमेरिकीहरूमा मुख र घाँटीको क्यान्सरका केस बढिरहेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ओरल सेक्स गर्दा मुखमा क्यान्सर उत्पन्न गर्न सक्ने प्यापिलोमा नामक भाइरस तीव्र गतिले बढ्छ । यही कारण ५० वर्षभन्दा कम उमेरका थुप्रै व्यक्ति मुख र घाँटीको क्यान्सरले पीडित छन् । ओरल सेक्सका कारण यो भाइरस तीव्र गतिले फैलिरहेको विशेषज्ञहरूको भनाइ छ । युवाहरूलाई मुख र घाँटीको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन लगाउनसमेत उनीहरूले सुझाव दिएका छन् ।
ओहियो विश्वविद्यालयका प्रा. माउरा गिलिसनका अनुसार मुखको क्यान्सरले व्यापकता पाउँदै जानुमा सुर्ती सेवनभन्दा बढी मुख मैथुनकै हात छ । । उक्त अनुसन्धानमा संलग्न डा. विलियम के भन्छन् भने केही वर्षयता टन्सिल र जिब्रोको तल्लो खण्डमा क्यान्सरको मामिलामा बढोत्तरी भएको छ । यसो हुनुको कारण एचपीभीलाई नै मानिन्छ ।
डा. विलियमका अनुसार अमेरिकामा टन्सिलमा क्यान्सरको ६० देखि ७० प्रतिशत मामिला एचपीभीबाट सम्बन्धित छन् । ओरल सेक्सले एचपीभीको संक्रमण हुन्छ । यो स्थितिमा ओरल सेक्सलाई नै टन्सिल क्यान्सरको संख्यामा देखिएको अत्यधिक वृद्घकिो कारण मान्न थालिएको छ ।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा सन् २००७ मा प्रकाशित प्रतिवेदनअनुसार घाँटी र टाउकाको क्यान्सरले पीडित एचपीभी संक्रमित युवामध्ये धेरैजसोको एकभन्दा बढी यौनसाथी छन् । यीमध्ये धेरैसँग उनीहरूले ओरल सेक्स गरेका थिए । ६ भन्दा बढी यौनसाथी हुनेहरूमा घाँटी र टाउकाको क्यान्सर हुने सम्भावना तीन/चार गुणा बढ्छ ।

No comments:

Post a Comment