Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

लौ हेर्नुहोस् महिलालाई स्लिम बनाउने भित्री वस्त्र



जिउलाई स्लिम तथा गठिलो बनाउन दिनदिनै जिमखाना धाउने तथा बिहान बिहान उठेर योगा गर्ने हैरानबाट अब मुक्ति मिल्ने भएको छ । अब जिउ स्लिम बनाउन जिमखाना धाउनुपर्नेछैन मात्र कपडा लगाए हुनेछ ।

इटालीको कपडा उत्पादन गर्ने एक कम्पनीले त्यस्ता भित्री वस्त्रको उत्पादन गरेको छ जसले मानिसलाई स्लिम बनाउँछ । कम्पनीका अनुसार सुक्ष्म प्रविधिको सहायताले बनाइएको उक्त भित्री वस्त्रले सरीरको मोटोपन ह्वात्तै घटाउँछ ।

यो भित्री वस्त्रले सरीरमा ग्लूकोजको मात्रा घटाउन सहयोग गर्छ । यस्ता भित्री वस्त्र पहिरिएमा छालाको माथिल्लो सतहमा रक्तप्रवाह बढ्ने र त्यसले सरीरमा क्यालोरीको खपत बढ्छ ।

कम्पनीका अनुसार यो स्लिम राख्ने भित्री वस्त्रको परिक्षण पश्चात पेटेन्ट अधिकार लिएर बजारमा पठाइनेछ ।

यस्तो खालको भित्री वस्त्रले छालाई सुन्दर तथा तन्नेरी राख्न समेत सघाउ पूराउने कम्पनीको दाबी छ । यसले सरिरमा उपापचयन प्रक्रियालाई सन्तुलित राख्नुका साथै खेलकुदका बेला सरीरमा उत्पन्न हुने अम्ललाई समेत घटाउँछ । तर यो कपडाको प्रभाव प्राप्त गर्नका लागि लगातार ३० दिनसम्म कम्तीमा दिनको ६ घण्टा लगाउनैपर्ने हुन्छ ।

No comments:

Post a Comment