Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

रोमान्सलाई सेकेन्ड चान्स

ekhoji.com share

पेरिस (एजेन्सी) हलिउड सुपर स्टार जोनी डेपले पूर्व-पार्टनर मोडल भनिसा प्याराडिसलाई सुनको पेन्डेन्ट (सिक्री) उपहार दिएका छन् । 'द पाइरेट्स अफ द क्याराबियन' स्टारले 'मेरो हृदय सधैं तिमीसँग छ,' सन्देश पेन्डेन्टमा लेखेर दिएका हुन् ।

गत महिना १४ वर्षे रोमान्सलाई सहमतिमा टुंग्याएका जोनी-भनिसा हाल सँगै फ्रान्समा बिदा मनाइराखेका छन् । विवाहबिना नै सँगै दुई सन्तान -१३ वषर्ीया लिली रोज र ९ वर्षे ज्याक) का मातापिता बनेका उनीहरू आफूहरू अझै 'सफल परिवार' रहेको अनुभव गराउन सँगै बिदा मनाइरहेका छन् । 'उनीहरू छुट्टएिको भए पनि सन्तानसँगै एकै परिवार रहेको बताउन सँगै बिदा मनाइरहेका छन्,' स्रोतले भन्यो, 'तर, जोनीले हृदय छुने सन्देशका साथ पेन्डेन्ट दिएपछि जोडीले रोमान्सलाई अर्को चान्स दिने सम्भावना बढेको छ ।' अमेरिकी नायक पारिवारिक व्यक्तित्व भएकोले परिवारसँग समय बिताउन हरप्रयास गरिरहेको स्रोतले थप्यो, 'उनको लागि सन्तान सबैभन्दा महत्त्वपूर्ण कुरो हो ।'

वर्षको सुरुदेखि नै टाढिएका जोनी र भनिसा छुट्टएि लगत्तै ४९ वर्षे नायकको नाम 'रम डाइरिज' को-स्टार एम्बर हर्डसँग जोडिएको थियो । रिपोर्ट अनुसार फिल्म छायांकन दौरान उनीहरू 'धेरै नै नजिकिए' पछि ३९ वर्षीया फ्रान्सेली मोडल भनिसा नायकसँग टाढिएकी थिइन् । बाइसेक्सुअल एम्बरलाई नायकसँग विभिन्न सार्वजनिक समारोहमा देखिएको थियो ।

जोनी र एम्बरबीच रोमान्स हुन सक्नेमा अझै अड्कबाजी भने चल्ने गरेको छ । २६ वर्षीया नायिकाले चार वर्षदेखि डेटिङ गरिरहेकी फोटोग्राफर गर्लप|mेन्ड टास्या भान रीसँग रोमान्स टुंग्याएको हल्लापछि झन् जोनीसँगको बढ्दो सम्बन्धको कारण हुन सक्ने अड्कल लगाइएको छ । तर, न्यू मेक्सिकोमा 'द लोन रेन्जर'को छायांकन गरिरहेका जोनीले फुर्सद मिल्नासाथ हलिउड रमझमदेखि टाढा फ्रान्सको घरमा भनिसा र सन्तानहरूसँग समय बिताउन त्यतातिर हानिए । पेरिसस्थित एक होटलमा १९९८ 'द नाइन्थ गेट'को छायांकन क्रममा पुगेका उनको चर्चित मोडल/नायिका/ गायिका भनिसासँग पहिलो भेटमै प्रेम परेको थियो । उनीहरूले प|mान्समा एकदमै रमाइला पल बिताएकाले यो बिदामा सायद त्यो रोमान्स फेरि फर्किन्छ कि ।

No comments:

Post a Comment