Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

फेसबुकले जुवाडे उत्पादन गर्दै !

ekhoji.com share


समाजिक सञ्जाल फेसबुकमाथि बालबालिकालाई जुवाडे बनाएको आरोप लागेको छ ।
आदत र लतबारे अनुसन्धान गर्ने बेलायती विषेशज्ञहरुले फेसबुक जस्ता साइटहरुले बालबालिका र युवालाई जुवाको लत बसान्ने चेतावनी दिएका छन् । हाल फेसबुकमा ज्याकपोटजोय, स्टोमेनया, डवल डाउन क्यासिनो जस्ता खेल उपलब्ध छ ।
सुरुमा यस्ता खेलले केही क्षति पुर्‍याएको जस्तो लाग्दैन तर, विस्तारै जुवाको लत नै बस्ने बताइएको छ । फेसबुकका प्रवक्ताले भने कुनै पनि खेल फेसबुकले स्थानीय कानुनप्रति ध्यान दिएको र सबै एप्लिकेशनका विभिन्न निर्देशन दिने गरेको बताएका छन् । बेलायतमा जुवा खेल्न १८ वषर्म पुग्नुपर्छ ।
फेसबुकमा १३ वर्ष उमेर पुगेकाले एकाउन्ट खोल्न सक्छन् । एक अध्ययनका अनुसार तीस लाखभन्दा बढी प्रयोगकर्ता १७ वर्षभन्दा कम उमेरका छन् ।
ekhoji.com share

No comments:

Post a Comment