Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

झरीमा रुझ्दा देखियो दिपशिखाको जवानी (भिडियो)



निर्देशक प्रदिप निरौलाले निर्देशन गरेको ‘झरीमा रुझ्दै’ बोलको गीतको भिडियो तयार भएको छ । यो गीतको भिडियोमा नायक सुमन सिंह र नायिका दिपशिखा शाहीले अभिनय गरेका छन् । रोमान्टिक गीतको रुपमा तयार पारिएको ‘झरीमा रुझ्दा’ बोलको गीतलाई स्वरुप राज आचार्यले गाएका छन् भने खलानको मान्छेले यो गीतलाई लेखेका हुन् ।
सुनिल मास्केको संगीत रहेको यो गीतको छायांकन बाडे गाउँ र गोदावरीमा गरिएको हो । यो भिडियोलाई हरि हुमागाईले खिचेका हुन् भने प्रकाश तुलाधारले सम्पादन गरेका हुन् ।
यसभन्दा अघि प्रदिपले यही एल्बमको ‘संगै जिउने बाचा गरी’ बोलको गीतको भिडियो समेत तयार पारिसकेका छन् ।

No comments:

Post a Comment