Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

घामले बढाउँछ यौन चाहना





घमाइलो सामुदि्रक किनारा, नदिको तट तथा बगैँचामा बसेका प्रेमजोडीहरु चुम्बनमा लिप्त हुन्छन् । दिनको घाम जति चढ्दै गयो उनीहरुको कामुकता झनै बढ्दै जान्छ । घामको मात्रा बढ्दै जाँदा प्रेमीको कामबासनामा वृद्धि हुन्छ जसका कारण ऊ प्रेमिकासँग बढि भन्दा बढि रासलिलामा लिप्त हुन चाहन्छ । जाडो मौसम तथा बादल लागेको समयमा प्रेमजोडीका यस्ता क्रियाकलाप उतिसारो देखिँदैनन्, किन होला ?
अवश्यपनि घमाइलो दिन र मानिसको यौनचाहनाबीच गहिरो सम्बन्ध छ । पछिल्लोपटक गरिएको एक अध्ययनले सूर्यको चम्किलो प्रकाशले पुरुषहरुमा यौन इच्छा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ ।
सूर्यको प्रकाशले पुरुषहरुमा सेक्स हर्मोन टेस्टेस्टेरोनको उत्सर्जनमा वृद्धि गर्ने भएकाले घमाइलो दिनमा पुरुषहरु बढि कामुक बन्ने अध्ययनकर्ताहरुको निष्कर्ष छ ।
सरीरमा ९० प्रतिशत भिटामिन सूर्यको प्रकाश छालामा ठोक्किएपछि उत्पादन हुन्छ । सरीरमा जति धेरै भिटामिन डी उत्पादन भयो उतिधेरै टेस्टेस्टेरोन हर्मोन उत्पादन हुने भएकाले सूर्यको प्रकाशले मानिसको यौन चाहनामा सकारात्मक प्रभाव पार्ने अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुको ठम्याइ छ ।

No comments:

Post a Comment