Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्ममा यौनसम्पर्क गर्दा कन्डमको प्रयोग अनिवार्य




पोर्न कलाकारले सुटिङका बेला कन्डम प्रयोग गर्दछन् कि गर्दैनन् ? यो चासोको विषय बन्न सक्छ । अमेरिकाको लस एन्जलसको काउन्टीले पोर्न कलाकारहरुले चलचित्रमा सेक्स गरेको दुश्य देखाउँदा कन्डम प्रयोग गर्ने नगर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष मतदानबाट फैसला गर्ने भएको छ ।
यो विषयमा फैसला गर्न अगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा जनताको राय मागिने भएको छ । निर्वाचन अधिकारीका अनुसार यो विषयमा धेरै मानिसले चासो जाहेर भएकाले त्यसले निर्वाचन गराउने मार्ग प्रशस्त गरेको हो । कन्डम प्रयोग अनिवार्य रुपमा गरिनुपर्ने एचआइभीबाट बचाउने तर्क एड्स हेल्थकेयर फाउन्डेसनले गरेको छ । सो प्रस्ताव पारित भए लस एन्जलस काउन्टी भित्र पोर्न चलचित्र बनाउन चाहनेले गत जनवरीमा लस एज्जलसका मेयर एन्टोनिया भिलाराइगोसाले एड्स हेल्थ केयर फाउन्डेसनको पहलमा पोर्न स्टारले अनिवार्य कन्डम प्रयोग गर्नुपर्ने कानुन पारित गरे पनि त्यसको कार्यान्वयनलाई लिएर त्यहाँ विवाद देखिएको छ । यो व्यवस्थापछि बयस्क फिल्म निर्माण गर्ने केही कम्पनीले क्यालिफोर्नियाबाट अन्यत्रै जानेसम्मको धम्की पनि दिन पछि परेनन् ।
सन् १९८८ मा क्यालिफोर्नियामा एक आदेश दिएको थियो । यो आदेशमा फिल्म निर्माता विरुद्ध वेश्यावृत्ति निरोधक कानुनको अधीनमा रहेर मुद्दा दायर नगरिने प्रावधान समेटिएको छ । यस्तो छुट अर्को राज्य न्यु ह्याम्सरमा पनि थियो ।  वयस्क चलचित्र बनाउने प्रस्ताव मतदानद्वारा पारित भए पोर्न फिल्म निर्माताहरुले लस एन्जलस काउन्टीको सार्वजनिक स्वास्थ्य विभागसँग त्यस्तो चलचित्र बनाउन अनिवार्य रुपमा अनुमति लिनुपर्ने हुन्छ । अनुमति लिँदा निर्माताले चलचित्रमा यौन सम्पर्कको दृश्य देखाए कन्डम प्रयोगको सर्त अनिवार्य रुपमा स्वीकार गर्नुपर्नेछ ।
तर पोर्न चलचित्र बनाउने निर्माताले भने प्रस्तावित रिटको विरोध गरेका छन् । कलाकारहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण हुँदै आएकोले त्यस्तो कानुनको खाँचो नभएको उनीहरुको तर्क रहेको छ । कानुन पारित भएमा आफ्नो व्यवसाय धराशयी हुने भन्दै उनीहरु थप चिन्तित भएका छन् ।

No comments:

Post a Comment