Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सार्वजनिक स्थलमै चुम्बन पछि...



लस एन्जल्स (एजेन्सी), पश्चिमा दुनियाँमा केही कुरा प्रेमपूर्ण गरियो भने 'सिल्ड विद अ किस' भन्ने चलन छ । नायिका मिला कुनिसले नायक एस्टन कुचरसँगको रोमान्समा आखिर यही आहानलाई चरितार्थ गरेकी छन् ।

उनले उनलाई सार्वजनिक स्थलमै चुमिदिएकी छन् ।  एस्टनसँगको बढ्दो निकटता ट्याबलोइडमा छ्यापछ्याप्ती हुन थालेपछि डेटिङको हल्ला चले पनि मिलाले आफूहरू 'मात्र राम्रो साथी' रहेको बताउँदै आएकी थिइन्, रोमान्सको कुरोलाई नकार्दै आएकी थिइन् । तर, पछिल्लो फिल्म 'जब्स्' को छायांकन सिध्दिएको खुसीयाली मनाउन गरिएको पार्टीमा आइतबार 'ब्लाक स्वान' नायिकाले ३४ वर्षे प्रेमीलाई अँगालोमा बाँधेर म्वाइँ खाइदिइन् । खुलेआम चुम्बनबाट उनीहरू डेटिङ गरिरहेको पुष्टि भएको छ ।

'पार्टीमा अरू धेरै जना भए पनि एस्टन र मिलाको नजरमा एकअर्का बाहेक कोही थिएन जस्तो लाग्थ्यो,' प्रत्यक्षदर्शीले एकअर्कासँग पार्टीभर टाँसिएर बसेका नायक-नायिकाको हाउभाउबारे भने, 'लामो समयसम्म उनीहरू एकअर्कालाई किस पनि गरेका थिए ।' एस्टनले एप्पल कम्पनीका पूर्व व्यवसायी स्टिभ जब्स्को बायोग्राफी फिल्म 'जब्स्' मा स्टिभको भूमिका गरिरहेका छन् ।

पार्टीमा मिलाले एस्टनको गाला सुम्सुमाउँदै फेरि अंगालोमा बाँधेकी थिइन् । गत साता पनि उनीहरू मोटरसाइकलमा रोमान्टिक डेटिङ गरेका थिए । पन्ध्र वर्ष अघिदेखि एकअर्कालाई चिनेको यो जोडी 'दयाट सेभेन्टिज शो' टीभी सिरियलमा स्कुले प्रेमी-प्रेमिकाको भूमिका खेलेको थियो । सधंै राम्रा साथी रहेका उनीहरूलाई अपि्रलदेखि सँगसँगै रोड टि्रप र रेस्टुरेन्टमा धेरै देखिन सुरु गरेको थियो । बिहेत्तर सम्बन्ध राखेको हल्लासँगै नायिका डेमी मुरसँग गत नोभेम्बरमा छुट्टएिका नायक एस्टनले २८ वर्षीया मिलासँग नाम जोडिएको लामो समय बित्दासम्म पनि केही प्रतिक्रिया दिएका छैनन् । नायिकाले भने सुरुदेखि नै लागेको बानी भएर हो कि डेटिङलाई नकारेको नकारै गर्छिन् ।

अगस्टको एली म्यागेजिनमा दिएको अन्तर्वार्तामा पनि उनले 'म शतप्रतिशत सिंगल छु' भन्दै आफूहरू राम्रो साथी भएकोले एकअर्कासँग समय बिताएको दाबी गरिन् । 'हाम्रा साथीहरू पनि एउटै छन्,' उनले भनेकी छन्, 'कुनै क्रेजी प्रेमकथा छैन हामीबीच ।' मिलाले ८ वर्षदेखिका ब्वाइप|mेन्ड माकौली कल्किनसँग २०१० मा छुट्टएिदेखि आफूलाई सिंगल दाबी गर्दै आएकी थिइन् ।

No comments:

Post a Comment