Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बाबु बोगटीको प्रेममा परिन् अनु

ekhoji.com share

नायिका अनु शाह पनि प्रेममा परेकी छिन् । नेपाली सिनेमा क्षेत्रमा सोझी नायिकाको रुपमा परिचीत यी नायिका प्रेममा परेको खवर आएको छ । तर नायिकाको प्रेम वास्तवीक भने होईन । उनी चलचित्रको पर्दामा कुनै युवकसँग प्रेममा परेकी हुन् ।
विष्णु वस्नेतको निर्माणमा तयार भएको चलचित्र ‘आई एम ईन लभ’मा नायिका अनु प्रेममा परेकी हुन् । उनी नायक बाबु बोगटीसँग प्रेममा परेकी हुन् । यी दुईको रोमान्स ‘आई एम ईन लभ’मा देख्न पाईनेछ । सचिन राज अमात्यको निर्देशनमा तयार भएको यो चलचित्र असोज महिनाको ५ गतेवाट रिलीजमा आउने वताईएको छ ।
चलचित्रमा सञ्जय श्रेष्ठ, सुगम पोखरेल र वावु वोगटीले संगीत भरेका छन् । चलचित्रको फस्ट लुक पनि अनलाईनखवर मार्फत नै सार्वजनिक गरिएको छ । रोशन श्रेष्ठको द्धन्द निर्देशन रहेको सिनेमामा पुनम राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्र आई एम ईन लभ लाइ पूर्णतया लभस्टोरी धारको सिनेमा भनिएको छ । नायिका अनु शाह र नायक वावु वोगटी पहिलो पटकसँगै पर्दामा देखिन लागेका हुन् । चलचित्रको फस्ट लुक्स यस्तो रहेको छ ।

No comments:

Post a Comment