Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

याहुकी हाकिमको गर्भवती चर्चा

ekhoji.com share

हालै गुगलबाट स्थानान्तरण भएर याहुकी प्रमुख कार्यकारी बन्न पुगेकी म्यारिसा मायर पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले वास्तवमा उनको स्थानान्तरण वा क्षमताका कारण होइन गर्भवती भएको घोषणा गरेका कारण चर्चा कमाएकी हुन् । आफु गर्भवती रहेको तरपनि आफुले आफ्नो काम सुचारु नै राख्ने घोषणा गरेपछि मायर अन्तराष्ट्रिय मिडियामा छाइन् ।

उनी अमेरिकाका सबैभन्दा ठूलो ५ सय वटा कम्पनीमध्ये गर्भवती हाकिम हुने पहिलो महिला भएको चर्चा समेत चलिरहेको छ । कतिपयले अक्टोबरमा बच्चा जन्माउने मायरलाई हाकिममा नियुक्त गरेकोमा याहुको आलोचना गर्दै मायरको आगामी दिनको काम र क्षमताप्रति नै प्रश्न गरेका छन् । तर बुद्धिजीबीहरुले भने मायरको गर्भलाई उनको कामसँग जोडेर उनको मानमर्दन गर्ने प्रयत्न हुन थालेको भन्दै महिलाको पाठेघर होइन दिमागको लेखाजोखा गर्न आग्रह गरिरहेका छन् ।

अहिले ३७ वर्षकी भएकी मायरले बच्चा पाएर हुर्काउने तथा याहुको मुख्य जिम्मेबारी सम्हाल्ने काम सँगै गर्ने हिम्मत लिएकी छिन्, जसलाई धेरैले सम्मान पनि गरेका छन् । उनले सुत्केरी भएपछि केही समय लिने विदाका कारण उनको औचित्य तथा काममा प्रश्न उठाउन नमिल्ने मायर पक्षधरको ठम्याइ छ । स्टिभ जब्स पनि एप्पलको मुख्य कार्यकारी हुँदै लामो समय बिरामी विदामा बसेको दृष्टान्त समेत दिने गरिएको छ ।

वास्तवमा विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारीको हरेक कुराहरु सार्वजनिक चासोको विषय बन्दछन् किनकी यी कम्पनीको सफलता विश्व अर्थतन्त्रसँग समेत जोडिएको हुन्छ । अझ इन्टरनेटको ठूलो मध्येको एक याहु कम्पनीकी हाकिम गर्भवती रहेको कुराले चर्चा नपाउने कुरो भएन । आफ्नी सिइओको चर्चा बढ्दै जाँदा आफुलाई घाटा होइन नाफा नै हुने याहुले अपेक्षा गरेको छ ।

No comments:

Post a Comment