Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बुबु बढाउन सडकमा बसेर....

ekhoji.com share

मान्छेले खानका लागि भिख मागेको कुरा त हामी सबैले देखे सुनेको हो । तर यो दुनियाँमा सबैले बाँच्नका लागि खानेकुृरा जुटाउन मात्रै भिख माग्दा रहेनछन् । अमेरिकाकी एक महिलाले आफ्नो बुबु बढाउनका लागि समेत सडकमा बसेर भिख मागिरहेकी छिन् ।

अमेरिकाको ओहियोमा बस्ने क्रिस्सी लेन्स नामकी महिलाले सुकुम्बासी होइन म, बुबु चाहिएको हो भन्ने प्लेकार्ड सहित सडकमा भिख माग्ने गरेकी छिन् । वक्षस्थल बढाउने शल्यक्रिया गर्नका लागि ५ हजार अमेरिकी डलर आवश्यक परेपछि उक्त रकम जुटाउन उनले भिख माग्ने काम रोजेकी हुन् ।

आफु प्रसस्तै कमाउने अरु मगन्तेहरुबाट प्रभावित हुँदै सडकमा बसेर भिख माग्न उद्यत भएको उनले स्थानीय टेलिभिजनसँगको कुराकानीमा बताइन् । मानिस विभिन्न कामका लागि सडकमा बसेर मागिरहेका छन् भने मैले बुबुका लागि किन नमाग्ने ? उनी प्रश्न गर्छिन् ।

बुबु बढाउन भिख माग्ने आफु विश्वमै पहिलो महिला भएको उनको दाबी छ । ३७ वर्षे ती महिलाले यसअघि एक रेष्टुरेन्टमा काम गर्थिन् तर उक्त रकमले आफ्नो स्तनको शल्यक्रिया गर्न पुगेन र अन्ततः सडकमै ओर्लिनुपर्यो । उनले आफुले ५ हजार डलर नजुटाएसम्म माग्न नछाड्ने बताउँछिन् ।

No comments:

Post a Comment