Follow @EkhojiNepal |
केही समयअघि नुनको प्याकेटभित्रै बालुवा मिसिएको खबर विभिन्न सञ्चारमध्यममा प्रकाशन तथा प्रसारण भएपछि सो कार्यालयले नुनको नमुना सङ्कलन गरी परीक्षण गर्दा बालुवा मिसिएको तथ्य पुष्टि भएको हो ।
Advertisements contact for Advertisement: manoranjan@cyberma.com |
पछिल्लो समयमा भैरहवा, बुटवल र बर्दघाटमा नुनमा बालुवा मिसिएको समाचार सार्वजनिक भएको थियो । प्रयोगशालाको रिपोर्ट झन्डै एक महिनापछि आएको हो । रिपोर्टमा नुनमा हुनुपर्ने अन्य तत्वहरू ठीक भए पनि अघुलनशील पदार्थ पनि भेटिएको प्रमुख खत्रीले बताउनुभयो ।
भारतबाट ल्याइएको इन्डो ब्रान्डको झन्डै ५० हजार बोरामा नुनमा बालुवा मिसिएको आशङ्का गरिँदै आएको थियो । भारतबाट ५० केजीको बोरामा आउने सो नुनलाई नेपाल साल्ट ट्रेडिङ लिमिटेडले आयो नुनको खोल भएको एक किलोको प्याकेटमा पुनः प्याकिङ गरी बिक्री वितरण गर्दै आएको छ । रासस
No comments:
Post a Comment