Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कलात्मक योनीको डिमान्ड बढ्दो

ekhoji.com share

भनिन्छ महिलाहरु आफ्नो अनुहारको छाला नराम्रो हुँदा जति चिन्तित हुन्छन् गुप्तांगको छाला कालो र भद्दा हुँदा समेत त्यसभन्दा बढि चिन्ता गर्ने गर्छन् । यौन मनोविज्ञहरुका अनुसार योनी बाहिरको छालाको रङ मात्र होइन योनीको बाहिरी पत्र बढि बाक्लो भएकोमा समेत महिलाहरुलाई निकै चिन्ता हुन्छ ।

हुनत गरीब देशका महिलालाई आफ्नो योनीको बाहिरी पत्र मोटो भएको कुरामा चिन्ता गर्ने तथा त्यसलाई घटाएर ठिक्कको बनाउन फुर्सद नहोला तर विभिन्न विकशित देशका महिलाहरुको हकमा भने योनीको पत्र आवश्यकता भन्दा बढि मोटो भएको कारण धेरै महिलाहरुको मनमा हिनताबोधले डेरा जमाएर यौन जिवन नै ध्वस्त हुने गरको बताइन्छ । यहीँ कारण विकशित देशमा योनीको शल्यक्रिया गरेर बाहिरी पत्रको मोटाइलाई घटाएर ठिक्कको बनाउने चलन निक्कै बढेको छ ।

योनीको बाहिरी पत्र लेबियाको आकार ठूलो हुँदा त्यसले यौन सन्तुष्टिमा समेत नकारात्मक असर पार्ने, बाक्लो पत्र भएको योनी देख्दैमा कुरुप हुने र त्यसले पुरुष यौनसाथीलाई समेत आकषिर्त गर्न नसक्ने भन्दै धनी देशका महिलाहरु योनीको छालाको शल्यक्रिया गरेर कलात्मक तथा कसिलो योनी बनाउने धूनमा हुन्छन् । लेबियोप्लास्टी भनिने यस्तो शल्यक्रिया गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढेको बताइन्छ । बेलायतमा मात्र अघिल्लो वर्ष २ हजार भन्दा बढि महिलाले यस्तो शल्यक्रिया गरेर आफ्नो योनीको मोटो छाला काटेर योनीलाई कलात्मक बनाएका छन् । यसरी योनीलाई कलात्मक बनाउने धूनमा ११ वर्षका बालिकाहरु समेत क्लिनिक धाउने गरको बताइन्छ । धेरै महिलाहरु यस्तो शल्यक्रिया गरेपछि आफ्नो योनी गर्धनमा बाँधिएको पछ्यौरी जस्तो सुन्दर बन्ने र सोही कारण धेरै युवकहरु आफुप्रति आकषिर्त हुने सपना पालेका हुन्छन् ।

तर चिकित्सकहरु भने योनीको छाला हटाउने यस्तो शल्यक्रिया योनीलाई सोँचेजस्तो कलात्मक बनाउनमा रामवाण नभएको भन्दै यसका केही दीर्घकालीन नकारात्मक असर तर्फ समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् । योनीको बाहिरी पत्रको शल्यक्रिया गरेका महिलाहरु शल्यक्रियापछि पनि आफ्नो योनीप्रति सन्तुष्ट हुन नसकेका भन्दै यसले महिलाहरुमा झनै हिनताबोध हुने गरेको बताइन्छ ।

महिलाहरुमा लेबियोप्लास्टी बढ्दै जाँदा यसका नकारात्मक शारीरिक तथा मानसिक असरहरुमा समेत बढोत्तरी भएकाले बेलायतका प्लास्टिक सर्जनहरुले जथाभावी शल्यक्रिया गर्ने यस्तो प्रवृत्ति रोकिनुपर्ने बताएका छन् । उनीहरुले महिलाहरुलाई यस्तो शल्यक्रिया गर्नुअघि मनोवैज्ञानिक सल्लाह दिइनुपर्ने बताएका छन् ।

यसैबीच बेलायतको एक संस्थाले पनि डिजाइनर योनीको इच्छाका बारेमा बहस सिर्जना गर्न तथा यसका नकारात्मक असरका बारेमा जानकारी गराउन भन्दै एक एनिमेटेड फिल्म निर्माण गरेको छ ।

No comments:

Post a Comment