Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मनिषाको औपचारिक डिभोर्स !

ekhoji.com share

हनिमुन सकिएसँगै खटपट सुरु भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ ।

यसअघि सामाजिक संजाल र संचारमाध्यममा वैबाहिक सम्बन्धबारे तितो पोख्ने गरेकी मनिषाले केही साताअघि औपचारिकरुपमै पति सम्राट दाहालसँग डिभोर्स गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले मनिषाको नजिकको साथीको हवाला दिंदै उनीहरु छुट्टीइसकेको बताएको छ । २०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षमै दाम्पत्य जीवन तोडेकी छिन् ।

उनले पछिल्ला अन्र्तवार्ताहरुमा आफुलाई आमा बन्ने तिब्र इच्छा भएपनि त्यो सम्भव नदेखिएको भन्दै दुखेसो पोखेकी थिइन् । आफैं आमा बन्ने योजना कसरी सम्भव भएन त्यसमा पति सम्राटको असहयोग रह्यो वा अन्य केही कारणले दामत्य जीवन टुट्यो भन्ने बिषयमा स्पष्ट भएको छैन् ।

No comments:

Post a Comment